रौतहटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु



रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित सडकमा ना।६ ख ६५५० नम्बरको ट्रकले रा।४ प ५०१ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी ईनरवा नगरपालिका–१० बस्ने ३६ वर्षीय सकल कुमार मण्डल रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको चपुर प्रालि अस्पताल हुँदै नारायणी अस्पताल वीरगन्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार  १२ : २४ बजे