राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका हुन् ।
आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् ।
उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।
लामिछानेले आफ्नो पार्टीको सात विशेषता यसरी सुनाए ।
१- प्राइमेरी निर्वाचन हुने
२- युवालाई ५० प्रतिशत एकको व्यवस्था
३- प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
४- राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
५- डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
६- परिवारवादलाई पूर्ण रूपमा निषेध
७- भ्रातृसंगठन र कार्यकर्तारहित








