मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक



नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक परेको छ । उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार अपराह्न नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा निधन भएको छ ।

रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मङ्सिर २०४० मा विवाह भएको थियो । डा. सुवेग र सुवान गरी उनका दुई छोरा छन् ।

लामो समयसम्म शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उनी उपचाररत थिइन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : ४१ बजे