मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मूल्यमान्यताको राजनीति हराउन थाल्यो : प्रकाशमान सिंह



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा मूल्यमान्यताको राजनीति हराउँर्दै जान थालेको बताएका छन् ।

गणेशमान सिंह फान्डेसनले आज सिंह निवास चाक्सीबारमिा प्रजातन्त्र स्थापना,पुनस्थापना एवं सम्वद्र्धनका लागि योगदान गरेकाहरको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली राजनीति मूल्य भन्दा शक्ति केन्द्रित हुन थालेको बताएका हुन् ।

गणेशमान सिंह फान्डेसनले गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ०७९ बाट ध्यान गोविन्द रञ्जित,हिमालय शमशेर राणा,मनज्ञ लाकोल,हरिनाथ बाँस्तोला,डा। दिनेशनाथ गंगोल,नारायणप्रसाद भट्टराई,पूर्णानन्द शर्मा,दिलीप सापकोटा,योगप्रसाद उपाध्याय, स्वर्गिय गणेश कर्माचार्य र चम्पा थारुलाई प्रदान गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : ५१ बजे