मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा सन्दीप क्षेत्रीको प्रस्तुति, प्रवेश निशुल्क



स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रबार ९असार १०० गते धनगढीमा कार्यक्रम हुने भएको छ । एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन कलाकार सन्दीप क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो ।

ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विधार्थीहरुसँग सन्दीपले करिअर काउन्सलिङ तथा अन्तक्रियात्मक सेसनहरु गर्नुहुनेछ । साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुतीसमेत रहनेछ ।

कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा सुरु हुनेछ । आयोजक एसपीए कलेजले एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ । इन्ट्रि टिकेट एसपीए कलेजको फेसबुक पेजबाट अथवा सिधै कार्यक्रमस्थलमा समेत प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  १२ : १२ बजे