मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढीगंगामा पुनः मतदान रोक्न गरिएको मागमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार



सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बाजुराको बुढीगंगाका दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

बिवाद देखिएपछि निर्वाचन आयोगले असार २३ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो जसका विरुद्ध निर्वाचन आयोगमा रिट दायर भएको थियो । तर, अदालतले भने पुनःमतदान रोक्ने विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासको आदेशसँगै बुढीगंगामा असार २३ गते निर्वाचनका लागि बाटो खुलेको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ८ : ४२ बजे