सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
सो दललाई शुक्रबारै दल दर्ताको प्रमाणपत्र दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।
दर्ता भएको पार्टीको नाम र चुनाव चिन्हबारे केहीबेरमा आफूहरूले पत्रकारहरूलाई जानकारी दिने सो दलका प्रवक्ता मुकुल ढकालले बताए।








