कांग्रेस उपसभापति धनराज गुरुङले अर्थमन्त्री जनार्दन शर्मामाथी छानबिन गरिनुपर्ने बताएका छन् ।
उपसभापती गुरुङले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर बजेट निर्माण भएको विषयलाई समितिमार्फत छानबिन गर्न माग गरेका हुन्
उनले गैर संबैधानिक कार्य गर्नेहरुका लागि सिसि क्यामरा मार्फत निगरानी गरिने र सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिए पछि जनतासामु सिसि फुटेज सार्वजनिक गर्नुपर्ने पनि जिकिर गरेका छन्।
गुरुङले छानवीन समिति गठन गर्न माग गर्दै छानबिन समितिलाई सहयोगका लागि अर्थमन्त्री शर्माले राजिनामा दिनुपर्ने उल्लेख गरेका छन् ।








