निर्बाचनको सीमाभन्दा बढी खर्च रोकिनुपर्छ : प्रदीप पौडेल



नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले निर्वाचनमा पछिल्यो समय बढ्दै गएको खर्चिलो प्रकियाले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन् ।आज राजधानीमा आयोजित आर्थिक शुसासन र निर्वाचन विषयक अन्तरकृया कार्यक्रममा नेता पौडेलले निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी उमेद्वारहरुले खर्च गर्ने गरेको भन्दै यसलाई तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् ।

नेता पौडेलले, पार्टीभित्रैबाट टिकट लिनदेखि निर्वाचनसम्म खर्च गर्दै जाँदा आयोगको तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी खर्च हुनाले हाम्रो व्यावस्थामै प्रश्न उठेको र यसै कारणले पनि राजनीतिमा युवाको वितृष्णा बढेको बताए ।

नेता पौडेलले भने निर्वाचन कानुन र आचार संहिता धेरै छन्, कतिपय रूपमा आयोग सक्रिय देखियपनि त्यो कार्यान्वयन हुन सकिरहेको देखिँदैन, अब संघको निर्वाचनमा उमेद्वारले २५ लाख र प्रदेशमा १५ लाख खर्च गर्न पाउने व्यावस्था छ । अहिले त्यो खर्चमा एका दुईले निर्वाचन लडेका होलान् नत्र धेरै ठाउँमा यो सीमा भित्र कसैले चुनाव लडेका छैनन् , यतिमात्र होइन निर्वाचनको मौन अवधिमै पैसा बाँडिन्छ भनिन्छ यस्ता खालका अभ्यास हाम्रोमा निकै प्रचलनमा छन् ।

कार्यक्रममा निर्वाचन आयोगका पूर्व प्रमुख भोजराज पोख्रेलले पछिल्लो समय आयोगले तोकेको खर्च सीमा बढि भएको बताए ।

पोख्रेलले भने, अहिलेका निर्वाचन निकै खर्चिला हुँदै गएर उमेद्वारको खर्च तिब्र गतिमा बढेको छ,आयोगको एउटा मापदण्ड छ मापदण्ड एकातिर छ उमेद्वारको खर्च अर्कातिर छ, कि आयोगले उमेदवारको खर्च नियन्त्रण गर्न सक्नुपर्यो की यो खर्च सीमा हटाउनु पर्यो नत्र त यो हाँस्यास्पद मात्र भयो ।

कार्यक्रममा पलिसी रिसर्च सेन्टरका विष्णु उप्रेती र मुक्ति रिजाल, गोपाल कृष्ण घिमिरे लगायतले आर्थिक शुसासन र निर्वाचनु विषयमा आ-आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : असार २३, २०७९ बिहिबार  ४ : ०० बजे