मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्योति विकास बैंकको नाफा ४१.४६ प्रतिशतले घट्यो



गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ज्योति विकास बैंकको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर ७० करोड १५ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यसले ६६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसको वितरणयोग्य नाफा भने ४१.४६ प्रतिशतले घटेर ३५ करोड ३० लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा ६० करोड ३० लाख रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी २३.२३ प्रतिशत र सञ्चालन नाफा ५.५० प्रतिशतले बढेको छ । यसको खराब कर्जा ०.८४ प्रतिशतबाट बढेर १.४२ प्रतिशत भएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८५ पैसाले घटेर १६ रुपैयाँ ४४ पैसा ९वार्षिक० कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ७३ पैसा छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १ : २७ बजे