मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु



गुल्मीको रेसुङगा नगरपालिका–१० काभ्रेपैरोमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीकै गुल्मीदरबार गाउँपालिका–३ गौडाकोटका ३८ वर्षीय रण बहादुर ढेगा रहेका छन् ।

अचानक सडक भासिएर राङबासबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १८६६ नम्बरको ट्रक अन्दाजी ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

चालक ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  २ : ३० बजे