मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार सुन-चाँदीको मूल्य स्थिर



 आज नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै भाउ स्थिर रहेको जानकारी दिएको हो । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ थियो ।

आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ कायम रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १२ : ३५ बजे