मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकास कार्यक्रम र योजनाबारे खबरदारी गर्ने दलहरूको निर्णय



बर्दिबास नगरपालिकामा बसेको सर्वदलीय बैठकले नगरभित्रका विविध सरोकारका विषयमा चासो देखाएको छ ।

शिक्षा जस्तो क्षेत्रमा मनलाग्दी गर्दै पूर्वाग्राही ढंगले नगर शिक्षक हटाएको निष्कर्ष निकाल्दै उक्त बैठकले स्थानीय सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

नगरभित्र रहेका सामाजिक संघ-संस्थाहरूमा चरम मनोमानी रहेको र उद्योग वाणिज्य संघ, खानेपानी संस्थानहरूमा यथाशीघ्र नयाँ कार्यसमिति बनाउने विषयमा पनि सर्वदलीय निर्णय भएको छ ।

माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त संस्थाहरूमा नयाँ कार्यसमिति बनाउन इलाका प्रशासनलाई तत्काल ज्ञापनपत्र बुझाउने दलहरूले सहमति जनाएका छन् ।

उद्योग वाणिज्य संघ, खानेपानी जस्ता संस्थाहरूमा कार्यसमितिको ३ वर्ष अगाडि नै म्याद सकिए पनि विधान र नियमविपरीत मनोमानी भइरहेको तर्फ सबै दलहरुले गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सर्वदलीय बैठकले नगरभित्र रहेको सामुदायिक पुस्तकालय संचालनको सम्बन्धमा सरोकारवाला निकायसँग माग गर्ने निर्णय पनि गरेको छ ।

सर्वदलीय बैठकले नगरभित्र रहेका धार्मिक पर्यटकीय क्षेत्रका सम्बन्धमा चासो देखाए । धार्मिक पर्यटकलाई व्यवस्थित बनाउन विधान र योजना हुँदाहुँदै अस्तब्यस्त र जीर्ण अवस्थाका सम्बन्धमा नगर कार्यालयसँग माग गर्ने निर्णय भएको छ ।

बैठक संचालनका सम्बन्धमा पनि दलहरू बीच भद्र सहमति भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  २ : ५१ बजे