मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवैध लागूऔषधसहित तीन जना पक्राउ



कैलाली, कपिलवस्तु र मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपलिका–२ ट्राफिक चोकबाट १ किलो ५ सय ग्राम चरेशसहित झाङ्ग दुर्गाथली गाउँपालिका–४ बस्ने २७ वर्षीय गणेश प्रसाद जोशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–१ इमिलियाबाट करिब १ ग्राम ९२ मिलिग्राम ब्राउन सुगरसहित रुपन्देही सैनामैना नगरपालिका–५ वुद्धनगर बस्ने २७ वर्षीय जनकराम घिमिरेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले लु. ८२ प ३२२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ राप्ती चोकबाट करिब ३ सय ८० मिलिग्राम खैरो हिरोईनसहित सोही उपमहानगरपालिका–१ चौकीटोल बस्ने २५ वर्षीय सन्तोष पाण्डेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ३ : २२ बजे