मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला



देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीको राजबिराज नगरपालिका–४ गोरखाली टोलमा सोही ठाउँ बस्ने ४५ वर्षीय मंगलु दास शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–४ छापडाँडा बस्ने ४८ वर्षीया सानो कान्छी भोलन आफ्नै घरभित्र शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ खुङ्ग्रीकोटस्थित खुङ्ग्री महिला सामुदायिक वनमा खुङ्ग्रीकोट बस्ने ७९ वर्षीया लक्ष्मी कुमारी सिंह शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

गत बुधबारदेखि घरबाट निस्किएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त वनमा उनको शव फेला परेको हो ।

रामेछापको मन्थली नगरपालिका–१४ स्थित खोल्सामा सोही ठाउँ बस्ने ५४ वर्षीय पञ्चलाल तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।

गत सोमबारदेखि हराइरहेका उनको खोजी गर्ने क्रममा उक्त खोल्सामा शव फेला परेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ धनगढीस्थित सडक छेउमा सोही उपमहानगरपालिका–१३ राजपुर बस्ने ३५ वर्षीय छिता राना शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मुडियारीस्थित कुलोमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका–४ धनुष सागरको पूर्वी किनारमा हाल पहिचान नखुलेका पुरुष गएराति मृत अवस्थामा मृत फेला परेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ३ : ५३ बजे