मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वतन्त्रता दिवसकै दिन रुपन्देहीमा चल्यो गोली, युवा घाईते




रुपन्देहीको ओमसतियामा अज्ञात समूहले युवालाई गोली हानी फरार भएको छ ।
आइतबार राति करिब ११ बजे ओमसतिया-४ बसन्तपुर वडा कार्यालय अगाडी सि.न.प १ बेलाहिया बस्ने ३१ वर्षीय बिकास गुरुङलाई उक्त समूहले गोली हानी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सहायक प्रवक्ता वेदबहादुर पौडेलले बताए ।

नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीनजनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि एक राउण्ड गोली हानेको स्थानीयले बताएका छन्प । गुरुङको पेटको छेउमा गोली लागेका र युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । घटना लुटपाट वा के हो भन्ने खुलेको छैन । गोली कसले चलायो बारे अनुसन्धान भइरहेकोे छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  २ : ०१ बजे