मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९० किजो गाँजासहित सिरहामा एम्बुलेन्स चालक पक्राउ



सिरहा प्रहरीले एम्बुलेन्समा राखेर गाँजा तस्करीमा संलग्न एकजना चालकलाई पक्राउ गरेको छ ।

सिरहा प्रहरीले चेकजाँचको क्रममा ९० किलो गाँजा बोकेको एम्बुलेन्ससहित त्यसका चालक सरोज लामालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक कुमार मैनालीका अनुसार सोमवार राती पौने ११ बजे चेकजाँचको क्रममा को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा ९० केजी परिणाममा गाँजा बरामद भएको हो। एम्बुलेन्सका चालक धनगढीमाई नगरपालिका–९ का २९ वर्षीय लामालाई नियन्त्रणमा लिएको प्रहरीले छ उनको साथबाट २८ हजार नगदसमेत बरामद गरेको छ ।

एम्बुलेन्सको बिरामी राख्ने भागमा पाँच वटा बोरामा लुकाएर राखिएको गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए । पक्राउ परेका लामालाई बयान लिएर थप अनुसन्धान गरिदैँछ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : ५० बजे