मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कंचनपुरको महेन्द्रनगरमा डिशहोम फाईवर नेटको सह–वितरण सोरुमको सुरुवात



नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवर नेटले कंचनपुरको महेन्द्रनगरमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ ।

सोरुम समुद्धघाटन कार्यक्रममा डिशहोमका तर्फबाट रिजनल सेल्स म्यानेजर जेबी गुरुङ, एरिया सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाँझ पुर्याउँदै आएको न्यू केदार ईन्टरप्राईजले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ ।

श्रावन २६ गतेदेखि डिशहोम फाईवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको छ । १ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवर नेटको सेवा उपलब्ध गराईसकेको न्यू केदार ईन्टरप्राईजले अब अझ बढी ग्राहकहरुको माँझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने न्यू केदार ईन्टरप्राईजका संचालक गोकुल देव जोशीले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ९ : ०९ बजे