मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घट्यो सुनचाँदीको मूल्य कतिमा हुँदैछ कारोबार ?



सुनचाँदीको मूल्य घटेको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको हो ।

सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ३०० ले घटेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १२ : ५५ बजे