मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिक निर्वाचनका लागि १० भदौवाट दल दर्ता गर्नुपर्ने



निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदश पेश गर्न आब्हान गरेको छ ।

आगमी ४ मंशिरमा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दललाई निवेदन दिन आब्हान गरेको हो ।
निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सुचना अनुसार १० भदौं देखी १२ भदौं सम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ । आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आब्हान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ८ : २७ बजे