मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाली ४ बाट नैनसिंह महर सिफारिस



काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलाई मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनतर्फ कैलाली जिल्ला नेपाली कांग्रेसको क्षेत्रीय समिति ४ ले सिफारिस गरेको छ ।

५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नम्बर ४ को आज बसेको बैठकले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा। लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो ।

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका यसै ४ नम्बर क्षेत्रमा पर्छ । पूर्वमाओवादीका सुदूरपश्चिम इन्चार्ज तथा हाल नेकपा एमाले केन्द्रीय कमिटी सचिव लेखराज भट्टले यसै क्षेत्रबाट २०६४, २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका थिए । २०७० सालमा कांग्रेस नेता दीर्घराज भाट विजय भएका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : ३३ बजे