मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडी प्रदेश सभा (क) मा एमालेबाट जिल्ला अध्यक्ष सुरेन्द्र पाल सर्वसम्मत उम्मेदवार सिफारिस,



आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले, बैतडीले उम्मेदवारको टुङ्गो लगाएको छ । निर्वाचन क्षेत्रीय कमिटिहरुले बैतडीका दुईओटै प्रदेश सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिश गरेको छ । जसमा प्रदेश सभा क्षेत्र नं ९क०बाट जिल्ला अध्यक्ष सुरेन्द्र पालको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।
यस्तै प्रदेश सभा क्षेत्र नं ९ख० बाट केन्द्रिय सदस्य एवं जिल्ला सह–इन्चार्ज लिलाधर भट्टको नाम सर्वसम्मत सिफारिस भएको छ । भट्ट अहिले पनि प्रदेशसभा सदस्य रहेका छन् ।

सुरेन्द्र पाल २०४६ साल देखि नेपाली राजनीतिमा निस्वार्थ भावले सक्रियताका साथ होमिएर बैतडी कम्युनिस्ट आन्दोलन र दीन दुःख एवं श्रमजीवी वर्गका जनताको लागि महत्वपूर्ण योगदान गरी २०५० सालमा नेकपा एमाले बैतडी जिल्ला कमिटी सदस्य र २०५४ सालमा तत्कालिन रुद्रेश्वर गाविस अध्यक्षमा निर्वाचित भएका थिए । पाल निर्वाचित भएपश्चात समग्र गाविसको भौतिक एवं आर्थिक विकासको निम्ति अरोरात्र खटीएर विभिन्न आरोह, अवरोह र कठोर परिस्थितिको पनि सामना गर्दै बैतडी कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउन आफ्नो जीवनमा विभिन्न त्याग, सङ्घर्ष र योगदान गर्नुका साथै २०७१ सालमा नेकपा एमाले बैतडी जिल्लाको कार्यवाहक नेतृत्व सम्हालेर २०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रका बीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीको पनि बैतडी जिल्ला अध्यक्ष भएका थिए ।

पालले अध्यक्ष भएर जिल्लाको समग्र विकासका लागि अतुलनीय, प्रसंसनीय एवं अविस्मरणीय कार्य गरि पटक पटक आम निर्वाचनमा पनि पार्टीलाई र पार्टीका कुशल एवं सक्षम उमेदवारलाई जिताउनको लागि अहोरात्र खटिएर लाग्नुभएका र नेकपा एमालेको दसौं जिल्ला अधिवेशनबाट पनि जिल्ला कमिटी अध्यक्षमा पुनः निर्वाचित भएका थिए । अध्यक्ष भएपश्चात पिछडिएको सुदूरपश्चिमको भूभाग बैतडीको पनि डिलासैनिलाई प्रदेश र केन्द्र सरकारसँग मितव्ययी ढंगले जोडेर बैतडीको आमूल परिवर्तन गर्नमा योगदान गरेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ५३ बजे