मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किरात राई यायोक्खा खोटाङको अध्यक्षमा युगसन



किरात राई यायोक्खा खोटाङको अध्यक्षमा जमानसेर राई ९युगसन किरात० चयन भएका छन् । जिल्ला समन्वय समितिको समीक्षालय हलमा बुधबार राति सम्पन्न यायोक्खाको नवौं सम्मेलनबाट युगसन अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि यायोक्खाको सचिव थिए ।

यायोक्खाको उपाध्यक्षमा इन्द्रकुमार राई र रेखा राई, सचिवमा जीवन साम्पाङ राई, सहसचिवमा समराज राई, इरन राई र प्रताप राई, कोषाध्यक्षमा संगीता राई र सहकोषाध्यक्षमा डार्विन राई चयन भएका छन् ।

सदस्यमा जयन्ती राई, सेतुमान राई, राजहरि राई, लंकशेर राई, नरेशकुमार राई, समिता राई, रामदीप राई, किसनकुमार राई र सौरभ राई चयन भएको यायोक्खाले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ११ : २८ बजे