मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३५ जना पक्राउ



देशका विभिनन स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने २८ वर्षीय राम हरि भण्डारीको टहराभित्र जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५६ हजार १ सय रुपैयाँ, १ बुक तास र १३ थान मोबाइल सहित पक्राउ गरेको हो ।

काठमाडौंकै बुढानिलकण्ठ नगरपालिका–११ कपन प्रगति चोक बस्ने लब्जी बहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनलााई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ३ सय ५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेक हो ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ कपन गुरुङटोल बस्ने गोमे गरुङको टहरामा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने बलराम थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ८ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–१० बुद्धचोक बस्ने कुमार कार्कीको युएण्डमी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार २ सय ५० रूपैयाँ, १ थान सिसिटिभि क्यामेराको हार्डडिक्स, १ थान मनिटर र ४ बुक तास सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १ : ३८ बजे