मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिपर चोरी आरोपमा एक जना पक्राउ



कास्की, १२ असोज । पोखरा महानगरपालिका-२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग१क ५१५५ नम्बरको टिपर चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–१९ बोरीचोक बस्ने २० वर्षीय मनिस परियार छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

क्रसर उद्योगको टिपर चोरी गरी पोखरातर्फ ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले सोही महानगरपालिका–१ सिमपानीबाट उनलाई टिपरसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : ४७ बजे