मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लमजुङमा चर्को भाडा असुल्ने चार गाडी प्रहरी नियन्त्रणमा



लमजुङ, १३ असोज । लमजुङमा तोकिएको भन्दा बढी भाडा लिने चार गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो तथा छोटो दुरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

प्रहरीले बुधबार काठमाडौंबाट लमजुङ बेसिसहरका लागि छुटेका तीनवटा माइक्रोबस र एउटा बसलाई नियन्त्रण लिएको हो ।

काठमाडौंबाट लमजुङका लागि माइक्रो बसको भाडादर ७ सय १० रहे पनि प्रतिव्यक्ति १ हजार लिएको पाइएको छ । बस भाडा ६ सय ५० रहेकामा १ हजार लिएकाले कारबाहीका लागि पूर्वाधार विकास कार्यालय, यातायात शाखा लमजुङमा पठाइएको छ ।

१० हजारका दरले दुई माइक्रो बसका सञ्चालकले जरिवाना तिरेका छन् भने बाँकी दुई वटा सवारीसाधन कारबाहीको प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ७ : ३७ बजे