मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागी उठेकालाई उम्मेदवारी फिर्ता लिन माओवादी प्रदेश नं १ को निर्देशन



नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ समितिले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका हो । उनले पार्टी निर्णयविरुद्ध कदम नचाल्न पनि अनुरोध गरेका छन ।

“पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने समयमै उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णयविरुद्ध कदम नचाल्न अनुरोध गर्दछौँ” विज्ञप्तिमा भनिएको छ, “गठबन्धनका विपक्षी उम्मेदवारलाई प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग पुग्ने गतिविधिमा पनि संलग्न भएमा पार्टीले अनुशासनको कारबाही गर्ने व्यवहोरा जानकारी गराउँदछौँ ।”

प्रदेश अध्यक्ष नेम्वाङले अहिलेको गठबन्धन सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्धका गतिविधिलाई परास्त गर्न भएको पनि उल्लेख गरेका छन ।
–––

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ३ : २३ बजे