मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल टेलिकमले ल्यायो अटम अफर, यस्ता छन् सुविधा



नेपाल टेलिकमले अटम अफर–२०७९ सञ्चालनमा ल्याएको छ। कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोहीअफर अन्तर्गत केहीप्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको छ टेलिकमले जनाएको छ।


यो अफर असोज २९ गतेदेखि सञ्चालनमा आएको हो र आगामी तीन महिनासम्म सञ्चालनमा रहनेछ। यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कलअफर लगायतका सुविधा रहेका छन्।

सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा उपलब्ध छन्। अन्य प्याकहरु र अफरमा पनि विभिन्न आकर्षक सुविधाहरु उपलब्ध रहेको टेलिकमले जनाएको छ।


अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने नेपाल टेलिकमकी निमित्त प्रमुख व्यवसायिक अधिकृत रीना डंगोलले जानकारी दिइन्।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ७ : ०७ बजे