मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिसेस् नेपाल युनिभर्सको आवेदन खुल्ला



काठमाडाँंै । ‘मिसेस् नेपाल युनिभर्स २०७९’ को खोजी सुरु भएको छ । विवाहित महिलाहरुको समग्र शक्तिकरणमा आधुनिक परिवेश र प्रक्रियाको पाटोबाट पहलकदमी गर्दै उनीहरुको व्यक्तित्व, आत्मविश्वास, क्षमताको अभिवृद्धि गर्दै नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने बनाउने उदेश्यले प्रतियोगीता आयोजना हुन लागेको हो ।

आयोजक जिभा इन्कोरपरेटेडले बिहिबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको हो । समाजको हरेक सेक्टरमा महिलाको प्रभावकारिता, जिम्मेवारी बहनमा निखारता र सक्रिय सहभागितालाई अभिप्रेरित गर्ने हेतुले मिसेस् नेपाल युनिभर्स प्रतियोगीता आयोजना थालिएको आयोजकले जनाएको छ ।

युहान इन्टरनेसनल इभेन्टस्को सहकार्यमा जिभा इन्कोरपरेटेडको मुख्य आयोजना रहेको प्रतियोगिताको मञ्चबाट प्रतियोगीलाई अन्तर्राष्ट्रिय मञ्ंचसम्मको यात्रालाई सुनिश्चिता प्रदान गर्नेछ ।

प्रतियोगितामा सहभागीका लागि आवेदन दिनेका लागि नोभेम्बर १२ अर्थात् कार्तिक २६ गते अडिसन प्रक्रिया संचालन गरिनेछ । प्रतियोगिताको लागि विवाहित, डिभोर्सी एवं विवाहित भएर पनि एकल जीवन अगाडि बढाइरहेका महिलाले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताको शिर्ष विजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिसेस् युनिभर्स’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् । प्रतियोगिताका उपविजेताहरुले समेत मिसेस्सँंग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छ । प्रतियोगीताको परिकल्पना तथा निर्देशन सानु खान हुन् भने कोरियोग्राफी कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यको रहनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ७ : ३६ बजे