मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा छायाङ्कन भएको ‘उचाईको’ प्रदर्शन शुक्रबारदेखि



गत वर्ष कोरोना भाइरसको महामारी र ओभर दी टप (ओटिटी) को बढ्दो प्रयोगले पुनः दर्शक हलमा फर्किने हुन् वा होइनन् भन्ने बहसकै बीच नेपालमा छायाङ्कन हुन् आएको भारतीय फिल्म ‘उचाई’ ले नेपाली पर्यटनलाई प्रवद्र्ध्धनमा सहयोग गर्ने भएको छ । अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा, परीनिती चोपडा, नीना गुप्ता, सारिका हसन जस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको फिल्म ‘उचाई’ आउँदो शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।

नेपालकै पात्रलाई मूलकथा बनाइएको फिल्म छायाङ्कन गर्न दुई सयको हाराहारीमा प्राविधिक भारतबाट आएका थिए । त्यसमा नेपाली प्राविधिक तथा कलाकारले समेत सहभागी भएर काम गरे । बलिउडमा स्थापनाको ७५औँ वर्ष पूरा गरेको राजश्री प्रोडक्सनको निर्माण रहेको फिल्मलाई सुरज बडजात्याले निर्देशन गर्नुभएको छ । नेपालमा स्वयम्भू, काठमाडौँ विमानस्थल, लुक्ला, नाम्चे, मनाङमा झन्डै एक महिना छायाङ्कन भएको थियो । नेपालमा लाइन प्रोड्युसर सुरज आचार्यको कम्पनि थ्री ह्विलर्सले र प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मीले व्यवस्थापन गरेका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ३ : ३१ बजे