मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शाहरुखलाई विमानस्थल भन्सारले रोकेर गर्यो ७ लाख जरिवाना



२७ कार्तिक २०७९, काठमाडौं । भारतीय अभिनेता शाहरुख खानलाई मुम्बई एयरपोर्टमा भन्सारले रोकेको छ ।

एयरपोर्टमा तैनाथ एयर इन्टेलिजेन्स युनिट अर्थात ९एआईयू० स्रोतका अनुसार शाहरुख शुक्रबार राति शारजाहबाट फर्किएका थिए । उनीसँग महँगो घडी र कभरहरू थिए, जसको मूल्य १८ लाख रुपैयाँ थियो। यी घडीका लागि शाहरुखले ६।८३ लाख रुपैयाँ भन्सार तिर्नुपर्ने थियो ।

शाहरुख खान शुक्रबार राति करिब १२ः३० बजे निजी चार्टर्ड विमानबाट मुम्बई पुगेका थिए । बिहान करिब १ बजे यहाँ टि–३ टर्मिनलमा रेड च्यानल क्रस गर्ने क्रममा भन्सारले शाहरुख खान र उनको टोलीलाई रोकेको थियो । उनको झोला चेक गर्दा रोलेक्स, स्पीरिट र एप्पलको घडी फेला परेको थियो ।

शाहरुख र उनको म्यानेजर पूजा ददलानीलाई एयरपोर्टमा एक घण्टा लामो अपरेसन पछि छोड्न अनुमति दिइएको थियो, तर शाहरुखका अंगरक्षक रवि र टोलीका अन्य सदस्यहरूलाई हिरासतमा राखिएको थियो । जानकारीका अनुसार शाहरुखका अंगरक्षक रविले साढे ६ लाख रुपैयाँ बढी भन्सार तिरे ।

भन्सार प्रक्रिया पूरा गर्न शनिबार बिहानसम्म समय लागेको थियो । बिहान ८ बजे प्रक्रिया पूरा भएपछि भन्सार अधिकारीले रविलाई रिहा गरेका थिए ।

शुक्रबार शारजाह अन्तर्राष्ट्रिय पुस्तक मेला २०२२ को ४१ औं संस्करणमा सहभागी भएका उनलाई ग्लोबल आइकन अफ सिनेमा एण्ड कल्चरल नेरेटिभ अवार्डबाट सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : २९ बजे