काठमाडौं। डा।तोसिमा कार्कीको उमेदवारी खारेज नहुने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर-३ की उम्मेदवार डा. तोसिमा कार्कीको उमेदवारी खारेज नगर्न दिएको सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको निवेदन अदालतबाट अस्वीकृत भएसँगै कार्कीको उमेदवारी कायम हुने भएको हो ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले तोसिमाको उमेदवारीलाई निरन्तरता दिने आदेश दिएको हो ।
निर्वाचन आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो।










