चुनाव प्रचारप्रसारको आज अन्तिम दिन



आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि बिहीबार राति १२ बजेबाट सुरु हुँदैछ।

आज राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले निर्वाचन आयोगले निषेध गरेका प्रचारप्रसारलगायतका कुनै पनि चुनावी गतिविधि गर्न पाइँदैन।

४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारलगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ ले निषेध गरेकाले त्यस कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको हो।

त्यसैले आज राति १२ बजेसम्म राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले चुनावी प्रचारप्रसारमा लाग्न पाउनेछन्।

प्रकाशित मिति : मंसिर १, २०७९ बिहिबार  ९ : १२ बजे