काठमाडौं-१० मा १४ हजार ४५८ मतसहित कांग्रेसका राजन केसी विजयी



७ मंसिर २०७९ ८,काठमाडौं। नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) काठमाडौं-१० बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

राजन १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए।

राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २ सय ७७ र माओवादी केन्द्रका अञ्जना विशंखेले ४ हजार २ सय ६० मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार  ८ : ३५ बजे