मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीमा एमालेकी विद्या भट्टराईको दोस्रो जित



नेकपा एमालेका विद्या भट्टराई दोस्रोपटक कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छीन् । भट्टराईका श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पार्टीले उनलाई उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो । उनि उपनिर्वाचनमा पनि विजयी भएकि थिइन् ।

त्रिभुवन विश्वविद्यालयको उप–प्राध्यापकबाट राजीनामा दिएर शोकलाई शक्तिमा बदल्ने अठोटका साथ चुनावमा होमिएकी भट्टराईं सो उपनिर्वाचनमा पनि विजयी भएकि थिइन् । आसन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको भन्दा चार हजार पाँच सय बढी मतान्तरले उनि विजयी भइन् ।

अनेरास्ववियुको केन्द्रीय कमिटी सचिव हुँदै हाल उनि नेकपा एमालेको केन्द्रीय सदस्य छिन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ४ : ४२ बजे