मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माता किरण नेपालीले चलचित्र ‘हात्तीछाप’ बनाउने



निर्माता किरण नेपालीले चलचित्र ‘हात्तीछाप’ बनाउने घोषणा गरेका छन ।

यस अघी उनले फिल्म ‘पोई पर्यो बुढो’बनाउने भने पनि उक्त चलचित्र भन्दा अगाडि अर्को नयाँ चलचित्र बनाउने घोषणा गरेका हुन् । चलचित्रलाई सफल लेखक प्रदीप भारद्धाजले लेखेका हुन् ।

यो चलचित्रको छायांकन चैत्र महिनाबाट सुरु गर्ने उनले बताए । यो चलचित्रको आज औपचारिक रुपमा घोषणा गरिएको छ । चलचित्रका लागि कलाकार र निर्देशक फाइनल गरिएको छैन ।चलचित्रमा नाम चलेका कलाकार रहने उनको भनाई छ ।

किरणले भने–‘हातीछाप’ नामक चलचित्रको कथा पढेपछि म प्रभावित भएँ । यसैले, पहिला यो चलचित्र बनाउने निर्णय गरेका हुँ । पोई पर्यो बुढो यो चलचित्रपछि बन्छ ।’ रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा यो चलचित्र बन्नेछ ।

यसअघि उनले निर्माण गरेको चलचित्र ‘२ नम्बरी’ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ५१ बजे