मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरी–४ मा सञ्चार मन्त्री कार्कीले लिए अग्रता



शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना आजदेखि सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना सुरु भएको हो ।

मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले) का उम्मेदवारको पक्षमा छ सय छ मत थपेपछि विवाद सिर्जना भएको थियो । विवादसँगै मतगणना स्थगित भएपछि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणना गर्न माग गरेका थिए ।

आज बसेको सर्वदलीय बैठकले धाँधलीरहित, शान्तिपूर्ण, निष्पक्ष र सिसीटिभीको निगरानीमा मतगणना गर्ने निर्णय गरेपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए । पछिल्लो पटक सार्वजनिक गरिएको मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार कार्कीले एक सय ६२ मतले अग्रता लिएका छन् ।

उनले २३ हजार सात सय ६६ मत प्राप्त गर्नुभएको छ भने एमालेका तर्फबाट जगदीशप्रसाद कुसियैतले २३ हजार छ सय चार मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ७ : १९ बजे