मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हास्य टेली श्रिंखला “अती भो” मा युवा कलाकारको भूमिकामा दामोदर भट्ट को प्रबेश



नेपाल टेलिभजनबाट हरेक आईतबार राती ठीक ८:५० र ९:३० बजे मिडिया हब अफिसियल युट्युब च्यानलबाट प्रसारण हुने, युवा बर्गको अतीनै लोकप्रिय सामाजिक विकृतिको पर्दाफास गर्ने,हास्य ब्यांग्य टेली सिरियल अत्ति भो को १२६ औं भाग देखी कलाकारको भूमिकामा दामोदर भट्ट दमदार रुपमा देखिएका छन् ।

कलाकार दामोदर भट्ट सिरियलमा हाल अमेरिकाबाट स्वोदेश फर्केर बिहेको लागि नेपाली मुलको एक असल बेहुलीको खोजिमा गाउँमा डुल्दै गरेको कथाबाट अती भो मा प्रबेस गरेका छन्,।बाबाको भूमिकामा भने सुदर्शन आचार्य सिरियल मा देखिएका छन्, ।

त्यसै गरि टेलिसिरियलको लेखन स्वयम सुरज खनाल र ओकेस पनेरु, छायङ्कन दिलिप बिष्ट र सम्पादनमा रबिन भट्ट , असोक चौधरी र सरिता गौतमले गर्दै आएका छन्।

“अहिले हाम्रो टेली सिरियल लाई मात्रै होइन नेपाल भरी नै राम्रो कलाकार को खाचो भैरहेको बेला हाम्रो अत्ती भो युनिटले दमोदर भट्ट जस्तो कथाले मागेको कलाकार पाउनु निकै खुशीको कुरा हो”, सिरियलका निर्देशक सुरज खनालले भने ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : ५४ बजे