१५ मंसिर २०७९, सुनसरी । सुनसरी क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका उमेदवार एबं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन ।
उनले निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का उमेदवार जगदीशप्रसाद कुसियैतलाई ११२ मतान्तरले पराजित गरे । कार्की लगातार दोस्रोपटक विजयी भएका हुन् ।
बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार कार्कीले ३० हजार ४८३ मत ल्याए । कुसियैतले ३० हजार ३७१ मत पाए ।मतगणनाको अन्तिम समयमा कार्कीले अग्रता लिएका छन् ।










