मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिम सेती ‘ठगको हात’मा परेको छैन, छिट्टै बन्छ : प्रधानमन्त्री देउवा



धनगढी, २२ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना काम गर्ने कम्पनिको हातमा परेको भन्दै अव सो योजना पुरा हुनेमा आफु विस्वस्त रहेको बताएका छन् ।

बिहीबार कैलाली उद्योग वाािणज्य संघले आयोजना गरेको सुदूरपश्मि महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अव पश्चिम सेती परियोजना बन्नेमा म ढुक्क भएको छ, किनकी पश्चिमसेती ठग कम्पनिको हातमा परेको छै, अहिले लाईसेन्स पाएको कम्पनि काम गर्ने कम्पनि हो, काम गरेर देखाउने छ ।’

लगानी बोर्ड नेपालले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई लाइसेन्स दिएको छ ।

सो कम्पनि माथी आफुले भरोसा गरेको देउवाको भनाई छ । पश्चिम सेतीसँगै पञ्चेश्वर बहु उद्देश्यीय आयोजना निर्माणमा पनि भारतले तदारुकता देखाएको बताउँदै प्रधानमन्त्री देउवाले सो आयोजना निर्माण भए सुदूरपश्चिमको आर्थिक सोरुप फेरीने बताए ।

प्रधानमन्त्री देउवाले पश्चिम सेती र पञ्चेश्वर लगायत सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।

उनले पञ्चेश्वर आयोजनाका लागि भारतका प्रधानमन्त्रीले चासो दिएको र पश्चिम सेतीको पनि भारतीय कम्पनीले लाइसेन्स लिइसकेको बताए ।

देउवाले सुदूरपश्चिमको विकासका लागि रानी जमरा सिचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधरा–चादनी सुख्खा बन्दरगाहा निर्माणको कामलाई पनि सरकारले प्राथमिकता दिएको बताए ।

उनले सुदूरपश्चिमको मुख्य व्यपारिक क्षेत्र धनगढीमा भएको महोत्सवले यस क्षेत्रमा उत्पादन भएका वस्तुको वजारीकरणमा मदत पुग्ने बताए । उनले सुदूरपश्चिम पर्यटकीय सम्भावना बोकेको क्षेत्र पनि भएको भन्दै त्यका लागि आवश्यक पर्ने पुवाृधार निर्माणमा प्रदेश सरकार संग समन्वय गरेर अघि बढ्न केन्द्र सरकार तयार रहेको बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ६ : १६ बजे