मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको सचिवालय बैठक आज, समानुपातिकको टुंगो लगाउने



काठमाडौं, २३ मंसिर । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले समानुपातिकतर्फका सांसदको नामबारे छलफल गरेर सुझाव दिन र आमनिर्वाचनको प्रारम्भिक समीक्षाका लागि बैठक डाकिएको बताए ।

निर्वाचन आयोगले राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या टुंग्याएर निर्वाचित हुने सांसदको नामबारे सुझाब मागिसकेको छ ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेले ३४ सिट पाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : ०७ बजे