रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर



प्रतिनिधिसभा सदस्यमा चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । बुधबार युवराज सफलले रिट दायर गरेका हुन् ।

रिटमा लामिछाने, निर्वाचन आयोग, राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं जिल्ला प्रशासन कार्यलय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाइएको छ ।

यसको प्रारम्भिक सुनुवाइका लागि संवैधानिक इजलासमा आउँदो पुस ६ गते पेसी तोकिएको सफलले जानकारी दिए ।

सफलले यसअघि लामिछानेले नेपालको नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा नगरेको भन्दै निर्वाचन अधिकृतसमक्ष उजुरी समेत गरेका थिए ।

प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार  ३ : ४८ बजे