जसपाले आज संसदीय दलको नेता छान्ने



२०७९ पुष १३, काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालले आज संसदीय दलको नेता छान्दै छ । निर्वाचन मार्फत जसपाले संसदीय दलको नेता छान्दै छ ।

निर्वाचन आज २ बजे देखि ३ बजे सम्म संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ । प्रतिनिधिसभामा जसपाको १२ सिट रहेको छ ।

जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी भने भएको छैन ।

जसपा अहिले ‘पर्ख र हेर’ को रणनीतिमा रहेको छ ।

प्रधानमन्त्रीमा प्रचण्डलाई जसपा सहित सात दल र तीन स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

प्रकाशित मिति : पुस १३, २०७९ बुधबार  ९ : ४७ बजे