कांग्रेस बागमती संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी



२०७९ पुष १३, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् । लामाले इन्द्रबहादुर बानियाँलाई पराजित गरेका हुन् ।

लामाले २१ मत ल्याउँदा बानियाँले १६ मतमात्रै पाए ।

बानियाँ बागमती प्रदेशका सभापति हुन् भने लामा केन्द्रीय सदस्य हुन् । लामा र बानियाँ दुवै संस्थापन पक्षका हुन् । लामा सभापति शेरबहादुर देउवा निकट हुन् भने बानियाँ नेताहरू पूर्णबहादुर खड्का र प्रकाशमान सिंह निकट मानिन्छन् ।

प्रकाशित मिति : पुस १३, २०७९ बुधबार  ५ : ०८ बजे