काठमाडौँ- सरकारका न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदा शनिबार शीर्ष नेताहरूलाई बुझाइने भएको छ।
शुक्रबार अन्तिम रूप दिइएको मस्यौदा शनिबार दिउँसो शीर्ष नेतासमक्ष पेस हुनलागेको हो।
पेस गरेपछि शीर्ष तहबाट आउने सुझावपछि त्यसलाई अन्तिम रूप दिएर सार्वजनिक गरिने बताइएको छ।
सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनेको थियो ।कार्यदलमा नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल, जसपाबाट रकम चेम्जोङ र राप्रपाबाट राणा सदस्य छन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले नीतिगत प्राथमिकता तथा कार्यक्रमको अन्तिम मस्यौदा तयार पारेका हुन्।










