मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लन्डनमा नेपाली फिल्म फेस्टिभल



काठमाडौं, ४ माघ । विश्व बजारमा नेपाली फिल्मको प्रवद्र्धन गर्ने उद्देश्यका साथ बेलायतको राजधानी लन्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना हुने भएको छ । थर्ड आईले आगामी १८ देखि २५ फेब्रुअरीसम्म फेस्टिभल आयोजना गर्न लागेको हो ।

फेस्टिभलमा एक दर्जन हाराहारी नेपाली फिल्म देखाइनेछ । हलमा रिलिज भएका तर युट्युबमा नआइसकेका फिल्महरूलाई छनोट गरी फेस्टिभलमा देखाइने थर्ड आईका निर्देशक विकास देवकोटाले बताए ।

विकासका अनुसार ‘जीवन काँडाकी फूल’, ‘प्रकाश’, ‘झिंगेदाउ’, ‘प्रेमगीत ३’ लगायत फिल्म फेस्टिभलका लागि छनोट भइसकेका छन् । ‘नेपालीमा के–कस्ता फिल्म बनिरहेका छन् भन्नेबारेमा प्रवासी दर्शकलाई थाहा दिन जरुरी छ । त्यसैले नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म छनोट गरेका छौँ’, विकासले भने ।

फेस्टिभलका लागि नेपालबाट एक दर्जनभन्दा बढी कलाकार लन्डन पुग्नेछन् । जसमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, दिनेश डिसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रीमा विश्वकर्मालगायत रहेका छन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १० : ४८ बजे