काठमाडौं, ५ माघ ।प्रतिनिधिसभाको अर्को बैठक अब ७ माघ शनिवार बस्ने भएको छ ।सोही बैठकले उपसभामुख चयन गर्ने कार्यक्रम छ ।
प्रतिनिधिसभाको आजको बैठक अन्त्य गर्दै पशुपति शमशेर जबराले आगामी बैठकले उपसभामुख चयन गर्ने जनाकारी पनि दिए । आजको बैठकले देवराज घिमिरेलाई सभामुखको रुपमा चयन गरेको छ ।










