उपसभामुखको उमेदवारी दर्ता आज



शुक्रबार, माघ ६, २०७९काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि आज उमेदवारी दर्ता हुँदै छ ।

आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उमेदवारी दर्ताका लागि समय तोकिएको छ ।

उपसभामुख पदको लागि भोलि दिउँसो १ बजे संसद्मा चुनाव हुनेछ ।

सत्ता गठबन्धनले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने भएको छ। सांसद सोबिता गौतमलाई स्वतन्त्र पार्टीले उपसभामुखको उम्मेदवार बनाउने बताइएको छ।

प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार  ९ : ०९ बजे