शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा हुने उपसभामुखको निर्वाचनका लागि नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेकी छन् ।
यादवको प्रस्तावकमा कांग्रेसका सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।
धनुषाकी यादव समानुपातिकतर्फबाट कांग्रेसको सांसद बनेकी थिइन्।










