कांग्रेसबाट उपसभामुखमा मुक्ता यादवको उम्मेदवारी दर्ता



शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा हुने उपसभामुखको निर्वाचनका लागि नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेकी छन् ।

यादवको प्रस्तावकमा कांग्रेसका सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

धनुषाकी यादव समानुपातिकतर्फबाट कांग्रेसको सांसद बनेकी थिइन्।

प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार  ४ : १८ बजे